
काठमाडाैं । नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहलाई सर्लाही क्षेत्र नम्बर ४ मा उम्मेदवार बनाउन कांग्रेस मधेश प्रदेश समितिले सिफारिस गरेको छ ।
सर्लाही क्षेत्र नम्बर ४ कांग्रेसले महामन्त्री गगन थापाको नाम मात्रै उम्मेदवार सिफारिस गरेको थियो । यो क्षेत्रमा २०७४ मा अमरेशले जितेका थिए ।
सिंहलाई मंसिर ४ को प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार हुन सर्लाही ४ कांग्रेस क्षेत्रीय समितिले सिफारिस गरेको थिएन ।
आफ्नो नाम उम्मेदवारमा सिफारिस नगरेपछि अमरेशकुमारले मधेश प्रदेश कांग्रेस कार्यसमितिमा निवेदन दिएका थिए ।
अमरेशको निवेदनपछि उनलाई प्रदेश कार्यसमितिले रायसहित उम्मेदवार सिफारिस गरेको हाे ।