८०/ ८५ सिटमा उम्मेदवारी दिएर कांग्रेसले बहुमत ल्याउँदैन, पार्टीमा विद्रोह हुन्छ : शेखर काेइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी मंसिर ४ गते हुने चुनावमा बहुमत नल्याउने भए पार्टीले गठबन्धन गरेर जानुको अर्थ नहुने बताएका छन् ।

गृहजिल्ला मोरङ पुगेका उनले आइतबार आयोजित एक कार्यक्रमका क्रममा १ सय सिट कांग्रेसले उम्मेदवारी दिनुपर्ने अडान राखे।

पार्टी केन्द्रीय कार्य समिति बैठकले नै गठबन्धनबाट कांग्रेसको एकल बहुमत सुनिश्चित गर्ने भनिसकेको अवस्थामा त्यहीअनुसार सिट बाँडफाँट कोसिस भइरहेको पनि उनले बताए । उनले भने,’८०/ ८५ सिटमा उम्मेदवारी दिएर कांग्रेसले बहुमत ल्याउँदैन । त्यसले उल्टै पार्टीमा विद्रोह हुन्छ ।’

डा. कोइरालाले २०७४ सालमा कांग्रेस एक्लैले जितेका निर्वाचन क्षेत्र छाड्न गठबन्धनका अन्य दललाई दिन नसकिने पनि बताए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१