थप २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपालमा थप २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ३ सय पिसिआर परिक्षणका क्रममा ८७ जना र ३ हजार ७ सय ५९ एन्टीजेन परिक्षणका क्रममा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, थप १ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

हाल नेपालमा २ हजार २ सय ३२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१