विद्यार्थी केन्द्रीत पठन-पाठनमा अब्बल भि.एस इन्टरनेशनल कलेज

काठमाडाैं । काठमाडाैंकाे तीनकुनेस्थित सुविधानगरमा रहेकाे भि.एस इन्टरनेशनल कलेज विद्यार्थी केन्द्रीत सिकाइका लागि अब्बल मानिन्छ । भि.एस इन्टरनेशनल कलेजले परिवर्तित विश्व परिवेश र विद्यार्थीको आवश्यकता अनुसार आफ्नो भौतिक संरचनाको स्तरोन्नति गर्नुका साथै अध्ययन–अध्यापनका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ ।

यस कलेजमा अध्ययनरत विद्यार्थीकाे नतिजा पनि उत्कृष्ट रहेकाे कलेजकी निर्देशक कार्भिका थापा बताउँछिन् । यस कलेजमा अध्ययन–अध्यापनका लागि अत्यन्तै उपयोगी वातावरण छ । कलेजले व्यवहारिक, व्यवसायिक तथा सिपमूलक शिक्षण पद्धतिमा आधारित रही नियमित अध्ययन–अध्यापन गराइरहेकाे छ । यसका अतिरिक्त विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा पनि उत्कृष्ट नतिजाका लागि कलेजले विद्यार्थी केन्द्रित शिक्षण सिकाइमा जोड दिएको छ ।

यस कलेजमा बीसीए, बीबीएम, बीएसडब्लू, बीबीएस, एमबीएसलगायत अध्ययन आध्यापन गराइन्छ । प्रविधिकाे क्षेत्रमा महिलाहरुकाे सहभागिता अहिले पनि कम रहेका कारण यस कलेजले प्रविधिमा महिलाहरुलाई अगाडी ल्याउनका लागि महिलालक्षित विशेष छात्रवृत्तीकाे व्यवस्था पनि मिलाइरहेकाे निर्देशक थापा बताउँछिन् । कलेजकी निर्देशक थापा भन्छिन्, ‘प्रविधिमा अहिले पनि उल्लेख्य मात्रामा महिला सहभागिता हुन सकिरहेकाे छैन । प्रविधिमा महिला सहभागिता बढाउन आजकाे आवश्यकता हाे ।’

नेपाली आइटी क्षेत्रमा महिलाको नेतृत्व एकदमै कम भएकाले यसमा परिवर्तन ल्याउनुपर्ने थापाकाे भनाइ छ । यसै अनुरुप याे कलेजले विद्यार्थीहरुलाई प्रेरणा पनि दिइरहेकाे छ । कलेजकाे अध्ययन अध्यापन विधिबाट विद्यार्थीहरु पनि सन्तुष्ट रहेकाे र आगामी दिनमा यसमा अझ सुधार गरिने पनि उनले जानकारी दिइन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७