नेप्सेमा ४७.४४ अंकको वृद्धि, काराेबार रकम पनि बढ्यो

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से करिब साढे २ प्रतिशतले वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से ४७.४४ अंक (२.४५ प्रतिशत) ले वृद्धि हुँदा १९८१.४८ अंकमा बन्द भएको छ ।

नेप्सेसहित सबै उपसूचकमा वृद्धि हुँदा वित्त कम्पनी र व्यापार उपसूचक भने करिब ६ प्रतिशतले बढेको छ ।

नेप्सेमा उच्च अंकको वृद्धि भएपछि बुधबार कारोबार रकम पनि बढेर डेढ अर्ब नजिक पुगेको छ । यो साता लगातार ३ दिनसम्म १ अर्बबाट तल झरेको कारोबार रकममा बुधबार भने सुधार भएको हो ।

बुधबार नेप्सेमा ४६ लाख १८ हजार ५१६ कित्ता सेयर किनबचे हुँदा १ अर्ब ४५ करोड ३८ लाख २५ हजारको कारोबार भएको छ ।

नबिल बैंकको सर्वाधिक ६ करोड ५१ लाख ६९ हजारको कारोबार हुँदा गोर्खाज फाइनान्सको ४ करोड ५७ लाख ८ हजारको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल १८९ कम्पनीको सेयर किनबेच भएकोमा १८४ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै, ५ कम्पनीको मात्रै सेयर मूल्य घटेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१