गठबन्धन ओरालो र एमाले उकालो बाटोमा : मोहन बानियाँ (भिडिओसहित)

प्रतिनिधिसभाको कार्यकाल सकिएसंगै दल र दलका नेताहरु चुनाव केन्द्रीत भएकाछन् । आ–आफनो दलमा टिकटको छिनोफानो भए लगत्तै आ–आफनो निर्वाचन क्षेत्रमा जाने उनीहरुको तयारी छ ।

मुगुबाट पटक–पटक निर्वाचित एमाले नेता एवम सांसद मोहन बानियाँ यसपटक पनि चुनाव जित्नेमा ढुक्क छन् । जिल्लाको चौतर्फी विकासकासाथै राष्ट्रिय राजनीतिमा खेल्नसक्ने भूमिका र व्यक्तित्व नै जितको मुख्य आधार भएको उनी बताउँछन् ।

बानियाँ भन्छन्, ‘म मात्र होइन एमालेले देशभर १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षबाट ८० भन्दा सिट ल्याउँछ । एमाले उकालो बाटोमा छ भने गठवन्धन ओरोलो बाटोमा छ । त्यसमा पनि कांग्रेस र माओवादी केन्द्रमा चरम अन्तर्घात हुँदैछ, त्यसको लाभ हामीलाई हुन्छ ।’

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन जायज भएको जनाउँदै उनले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव पास नहुने जिकीर गरे । एमाले गठवन्धनको षडयन्त्रमा सहभागि नहुने भएपछि महाअभियोग प्रस्ताव स्वतः असफल हुने उनको दाबी छ ।

‘महाअभियोग प्रस्ताव असफल भएपछि चोलेन्द्र सर्वोच्च फर्किन सक्नेछन् ’ बानियाँ बताउँछन् ।

सरकार र गठवन्धनले जनविरोधी एवम राष्ट्रघाती नागरिकता विधेयक ल्याएर देशलाई फिजि बनाउन खोजेको उनको आरोप छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस नेतृ डा. आरजु राणाले भारतमा गएर देश बुझाउने सहमति गरेको उनको आशंका छ । दाहाल र राणाकै कारण नागरिकता विधेयक पास गर्न मरिहत्ते गरिँदैछ । राष्ट्रपतिले यो विधेयक कुनैपनि हालतमा पास गर्न नहुने बानियाँ बताउँछन् ।

गठवन्धन मुलुकमा लुट मच्चाउन सृजना गरिएको भन्दै बानियाँ भन्छन्, ‘ ललितानिवास जग्गा प्रकरणमा बाबुराम र माधव नेपाल जेल जाने भएपछि ओली सरकार ढालियो । प्रधानन्यायाधीशविरुद्ध पनि महाअभियोगको षडयन्त्र रचियो । भ्रष्टाचारीहरु तत्कालका लागि जोगिएपनि कुनै न कुनै दिन जेल जान्छन् । ’

एमाले नेतृत्वको ओली सरकारले जनतालाई बाडुली लाग्ने गरी काम गरेको छ । अहिलेको सरकारले भ्रष्टाचार मात्र गरेको छ । एमसीसी, नागरिकता विधेयक जस्ता काण्डले यीनिहरुको नियत प्रष्ट भैसकेको छ । आउँदो चुनावमा यीनिहरु सबैको हिसाबकिताब हुने बानियाँ बताउँछन् ।

विस्तृत भिडिओमा :

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७