चोलेन्द्र शमशेर राणा सर्वोच्च फर्किने, सर्वोच्च अदालत अगाडि सुरक्षा सतर्कता बढाइयो

काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा आइतबार अदालत फर्कने भएका छन् ।

राणाले कामु मुख्य रजिष्ट्रारलाई आफू आउने भन्दै तयारी गर्नका लागि शनिबार नै सूचना दिएको स्रोतले जानकारी दिएको छ ।

उनले अदालतमा फर्कनेबारे छलफल गरिरहेका छन् । चोलेन्द्र अदालतमा फर्कने सूचना पाएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा सतर्कता बढाइएको छ ।

राणाले सर्वोच्च अदालत फर्किए रोक्ने नेपाल बार एसोसियसन र सर्वोच्च बार एसोसियनले तयारी अघि बढाएको छ । चोलेन्द्रले सर्वोच्च फर्कने सूचना पठाएपछि बार एसोसिएसनले स्वीकार गर्न नसकिने स्पष्ट पारेको हो ।

महाभियोग सिफारिस समितिले शनिबार राति सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग सिफारिस गरेर प्रतिवदेन बुझाएको थियो ।

चोलेन्द्रलाई फर्काउने र नफर्काउने भन्नेबारे सर्वोच्च अदालतमै दुई गुट छन् । यसअघि चोलेन्द्रलाई नमान्ने भन्दै सबै न्यायाधीशले नै बेञ्च बहिष्कार गरेका थिए । केही न्यायाधीश र कर्मचारी भने चोलेन्द्रको पक्षमा छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१