नेप्सेमा करिब ३४ अंकको गिरावट, कारोबार रकम एक अर्ब ६० करोड

काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ३३.९७ अंकले घटेर १८७६.४१ को बिन्दूमा आइपुगेको छ । कारोबारमा आएका २२९ कम्पनीमध्ये १८० कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । ८ कम्पनीको सेयर मात्रै बढेको छ । घटेको बजारमा पनि कारोबार रकम भने डेढ अर्ब हारहारी रह्यो ।

आइतबार ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर २७ हजार ७९० पटक कारोबार हुँदा कुल कारोबार रकम एक अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँ रह्यो । आइतबार दोस्रो बजारमा ग्लोबल आईएमई सम्मुनत स्किम एकको मूल्य ५.३५ प्रतिशत, नेपाल ल्युव आयल ४ प्रतिशत, लक्ष्मी बैंकको मूल्य ३.६६ प्रतिशतले बढेको छ ।

आइतबार बलेफी हाइड्रोको सेयर मूल्य ७.८५ प्रतिशत,राप्ती हाइड्रोको ७.३० प्रतिशत र दोर्दी खोला जलविद्युत् कम्पनीको सेयर मूल्य पनि ७.२३ अंकले घटेको छ । कारोबारमा आएकामध्ये आइतबार १३ वटै उपसूचक राताम्य हुँदा ट्रेडिङ उपसूमह सबै भन्दा धेरै ३.२४ प्रतिशतले घटेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७