ताइवानमा शक्तिशाली भूकम्प, भवनहरु भत्किए, सडक अवरुद्ध

काठमाडाैं । ताइवानमा आइतबार साँझ गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा १ सय ४६ जना घाइते भएका छन् ।

ताइवानको दक्षिणपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको रोयटर्सले जनाएको छ ।

शनिबार साँझ पनि त्यस क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमवल ४ रेक्टर स्केलको भूकम्प गएको थियो । ताइवानको दमकल विभागका अनुसार भूकम्पमा परेर एक जनाको मृत्यु भएको छ ।

ताइवानको पर्यटकीय क्षेत्र लियुसी पर्वतीय क्षेत्रमा सडक अवरुद्ध हुँदा ६ सय जना बढी फसेका थिए । उनीहरुको शकुशल उद्दार गरिएको छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७