
काठमाडाैं । किर्गीस्तान र ताजिकिस्तानको सीमा क्षेत्रमा झडप भएकाे छ । झडपका क्रममा ९४ जनाको मृत्यु भएको छ ।
सीमा विवादलाई लिएर दुई मुलुकका नागरिकबीच झडप भएको बीबीसीले जनाएको छ ।
गत शुक्रबार स्थिति साम्य पार्न सहमतिको प्रयास भए थियो । तर स्थिति साम्य पार्न सहमतिकाे प्रयास गर्दा झडप भयाे ।
यसअघि यहाँ सन् २०२१ मा भएको झडपमा ५० जनाले ज्यान गुमाएका थिए । किर्गीस्तान र ताजिकस्तानबीच १ हजार किलोमिटर क्षेत्रफलको सीमालाई लिएर ३१ वर्षदेखि विवाद छ ।