• २०८३ असार १३
  • 2026 June 27, Saturday

तस्बिरमा हेर्नुहाेस् टुँडिखेलमा यसरी मनाइयाे संविधान दिवस

काठमाडाैं । आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज मूल समारोह समितिद्वारा सैनिक मञ्च, टुँडिखेलमा विशेष समाराेह कार्यक्रमकाे आयाेजना गरिएकाे छ ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की,सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सरकारका उच्च अधिकारी, मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधिको उपस्थिति थियो ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विविध सांस्कृतिक झाँकीका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट राष्ट्रिय धूनसहित ब्याण्डबाजा प्रस्तुत गरिएको थियो । समारोहलाई प्रधानमन्त्री देउवाले सम्बोधन गरेका थिए ।

सबै तस्बिर : रासस ।