
काठमाडाैं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा डडेलधुराबाट समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस भएकी छन् ।
सुदूरपश्चिम प्रदेश कमिटीले आइतबार साँझ टुङ्ग्याएको सूचीमा राणालाई खस आर्य महिला समूहबाट समानुपातिक पदका लागि सिफारिस गरिएकाे हाे ।
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी राणाको नाम कैलाली–५ बाट प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस भएको थियो ।
२०७४ को निर्वाचनमा उनी कैलाली–५ मा नारदमुनि राणासँग पराजित भएकी थिइन् ।