
काठमाडाैं । महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा बंगलादेशले अग्रता लिएको छ ।
दशरथ रंगशालामा जारी खेलमा नेपालले १३ औं मिनेटमा गोल खाएको हो । शुष्मा नायरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी हुन् ।
नेपालले पहिलोपटक फाइनलमा बंगलादेशसँग खेलिरहेको हो । यसअघिका पाँच साफ मध्य चारको फाइनलमा नेपालले भारतसँग खेलेको थियो ।