एमाले किन परमादेश दिने चोलेन्द्रको रक्षा गर्दैछ ? (भिडिओसहित)

काठमाडाैं । नेकपा एमालेले वर्तमान सरकारलाई अझैपनि परमादेशको सरकार भनेर व्यंग्य गर्न छाडेको छैन । प्रतिनिधिसभाको अन्तिम बैठकमा त प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच यो विषयमा घोचपेच नै चलेको थियो । तर नेकपा एमाले परमादेश जारी गर्ने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको रक्षामा उत्रिएको छ । राणा निलम्बन अवस्थामै रहने वा सफाइ पाएर सर्वोच्च अदालत फर्किने विषयमा विवाद चलेकाबेला एमालेले भने राणाले सफाइ पाइसकेको जिकीर गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको बोलीमा लोली मिलाउँदै पूर्व मन्त्री कृपाशुर शेर्पा महाअभियोगको विषय टुंगोमा पुग्न नसकेकाले राणाले स्वतः ‘क्लिनचिट’ पाएको तर्क गर्छन् । राणाले होहल्ला नगरी परिपक्वता प्रदर्शन गरेर सर्वोच्च आउन खोजेको भए समस्या हुँदैन थियो कि भन्ने उनको बुझाइ छ ।

अहिलेको सरकारले जसरी राणालाई घरमै नजरबन्द अवस्थामा राखेको छ यो राणामाथिको चरम अन्याय हो । एउटा सामान्य नागरिकको पनि मानवअधिकार र स्वतन्त्रताको सम्मान हुने मुलुकमा प्रधानन्यायाधीशमाथि नै यो हदसम्मको व्यवहार हुनु दुःखद भएको उनी बताउँछन् ।

नेता शेर्पाले राष्ट्रपति विद्या भण्डारीले राणालाई संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा निमन्त्रण गर्नु स्वभाविक भएको बताउँदै यी विषयलाई गठवन्धन सरकारले अनावश्यकरुपमा उछालिरहेको आरोप लगाए ।

नागरिकता विधेयक प्रमाणीकरण गर्न नहुने तर्क गर्दै शेर्पा भन्छन्, ‘राष्ट्रपतिको कदम राष्ट्रहितमा छ । म राष्ट्रपतिलाई सलाम गर्न चाहन्छु । ’

आउँदो चुनावमा एमालेको बहुमत निश्चित भएकाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री हुनबाट कसैले रोक्न नसक्ने उनी बताउँछन् ।

भोजपुरमा केन्द्रको चुनावका लागि शेर्पासंगै शेरधन राई पनि सिफारिस भएकाछन् । दुईजना मध्ये जसले टिकट पाएपनि कुनै समस्या नहुने शेर्पाको भनाइ छ । शेरधनसंग आफनो कुनै विवाद नभएको स्पष्ट पार्दै उनले जे जस्ता हल्ला फैलिएकछन् ती सबै अफवाह भएको बताए ।

विस्तृत भिडिओमा :

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७