• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

अमेरिकामा कोरोना महामारी अन्त्य भएको बाइडेनको घोषणा

काठमाडौं  । राष्ट्रपति जो बाइडेनले अमेरिकामा कोरोना महामारी अन्त्य भएको घोषणा गरेका हुन्।

बाइडेनले अझै केही समस्या रहे पनि सुधारको सन्तोषजनक अवस्था देखिएको भन्दै महामारी अन्त्य भएको घोषणा गरेका हुन्। सीबीएस न्यूजलाई दिएको अन्तर्वार्तामा बाइडेनले कोरोना नियन्त्रणमा अमेरिकाले निकै धेरै काम गरिरहेको बताए। अमेरिकाले देशका ६५ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा दिइसकेको छ।

अमेरिकामा कोरोनाका कारण १० लाखभन्दा बढी मानिसको मृत्यु भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिले पनि दैनिक ४ सय बढी मानिसको मृत्यु भइसकेको छ। गत हप्ता मात्रै कोरोनाबाट तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ।

सन् २०२१ को जनवरीमा कोरोनाबाट एक हप्तामा २३ हजार मानिसको मृत्यु भएको थियो। केही दिनअघि विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका प्रमुखले कोरोना महामारी अन्त्य हुन लागेको संकेत प्राप्त भएको बताएका थिए।