रुसमा गाभिने कि नगाभिने भन्ने विषयमा युक्रेनका शहरहरुमा जनमत संग्रह हुने

काठमाडौं । रुसमा गाभिने कि नगाभिने भन्ने विषयमा युक्रेनका शहरहरुमा जनमत संग्रह हुने भएको छ ।

रुसले कब्जामा लिएको युक्रेनका लुहान्स्क, दोनेत्स्क, खेरसान र जेपोरजियामा जनमत संग्रह हुन लागेको हो ।

सेप्टेम्बर २३ देखि २७ सम्म जनमत संग्रह हुने बीबीसीले जनाएको छ ।

लुहान्स्कमा आउँदो शुक्रबार जनमत संग्रहको तयारी भइरहेको रुसी अधिकारीहरुले बताएका छन् । युक्रेनी नागरिकहरुले रुसमा गाभिने कि नगाभिने भनेर आफ्नो मत व्यक्त गर्नेछन् ।

युक्रेनमा आक्रमण गर्नुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्र स्वतन्त्र घोषणा गरेका थिए । रुसले जनमत संग्रह गर्न लागेपछि पश्चिमा देशहरुले विरोध जनाएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७