
काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेम गीत ३’ को हिन्दी संस्करणलाई पनि नेपाली मान्यता दिएको छ ।
सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले ‘प्रेम गीत ३’ नेपाली कलाकार, नेपाली निर्माता र नेपाली ब्यानरबाट बनेकाले स्वदेशी नै भन्नुपर्ने बताएका हुन् ।
‘निर्माण युनिटले हिन्दी संस्करणका लागि चलचित्र विकास बोर्डबाट केही प्रकृया पूरा गर्नुपर्नेछ । त्यसका लागि विकास बोर्डमा छलफल भइरहेको छ । फिल्मले स्वदेशी मान्यता पाउनेछ,’ पाेखरेलले भने ।
‘प्रेम गीत ३’ को हिन्दी संस्करण विवाद पछि मन्त्रालयले बोर्डका अध्यक्ष भुवन केसीलाई बिहीबार मन्त्रालय समेत बोलाएको थियो ।