• २०८३ असार १६
  • 2026 June 30, Tuesday

नागरिकता विधयेक र महाभियोग प्रकरणमा एमालेले देशको हित भन्दा पार्टी लाभ हेर्‍यो (भिडिओ)

काठमाडौ । नेपाली कांग्रेसका नेता एवम जनसम्र्पक समिति अमेरिकाका सभापति आनन्द विष्टले एकपछि अर्को गर्दै उत्पन्न राजनीतिक जटिलता कांग्रेस सिध्याउने षडयन्त्र हुनसक्ने आशंका गरेका छन् ।

हुलाक संचारसंग कुरा गर्दै नेता विष्टले लोकतन्त्रको जननी कांग्रेस भएकाले लोकतन्त्रमाथि नै प्रहार गरेर कांग्रेस समाप्त गर्ने डिजाइन हुनसक्ने बताए । विगतदेखि नै कांग्रेसलाई कमजोर पार्न खेलहरु हुँदै आएको र यसपटक पनि प्रधानन्यायाधीश, राष्ट्रपति, नागरिकता विधेयक जस्ता मुद्दामा कांग्रेसलाई विवादित बनाउन खोजिएको उनको भनाइ छ ।

राष्ट्रपति विद्या भण्डारीले एमालेको इशारामा विधेयक प्रमाणीकरण नगरेको आरोप लगाउँदै उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाका सवालमा पनि एमालेले बखेडा झिकेर महाअभियोग पारित हुन नदिने खेल खेलेको आरोप लगाए । एमालेले देशको हित भन्दा पनि क्षणिक पार्टी लाभ हेरेको उनको आरोप छ ।

नेता विष्टले प्रधानमन्त्री शेरबहादुर देउवा प्रजातन्त्र, मानवअधिकार जस्ता विषयमा निकै गम्भीर िभएको जनाउँदै जस्तोसुकै परिस्थितिमा पनि मंसिर ४ को चुनाव नरोकिने दृढता व्यक्त गरे । उनले निर्वाचनपछि पनि देउवा नै प्रधानमन्त्री हुने दाबी गरे ।

बिष्ट भन्छन् ‘निर्वाचनमा कांग्रेसका लागि गठवन्धन आवश्यक थिएन । कुनैपनि दलले गठवन्धन नगरी चुनावमा जाँदा उत्तम हु्न्थयो । यो समय भनेको आ–आफनो जनमत परीक्षण गर्ने अवसर पनि हो । एक्लाएक्लै चुनावम गए कांग्रेसको बहुमत कसैले रोक्न सक्दैन । ’

प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षमा सिफारिस विष्टलाई २०६४ सालम गिरिजाप्रसाद कोइराला र २०७४ सालमा शेरबहादुर देउवाले चुनावमा लड्न भनेर अमेरिकाबाट बोलाएका थिए ।
बिष्टले आसन्न चुनावमा कांग्रेसले नै टिकट पाउनुपर्ने धारणा राखेका छन् । गठवन्धनको बाध्यताले नेकपा समाजवादीका नेता प्रेम आलेले टिकट पाउने सम्भावना बढेपछि उनले सभापति देउवालाई यो विषयमा पुनर्विचार गर्न पनि आग्रह गरेकाछन् ।

विस्तृत भिडियोमा :