‘प्रेम गीत–३’ले ओपनिङमा पाँच कराेडकाे व्यापार गर्ने आँकलन !

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रेम गीत–३’ आजबाट रिलिज भएको छ । यसको नेपाली संस्करण आजबाट रिलिज भएको हो ।

नेपालसहित विभिन्न देशमा चलचित्र आजबाट प्रदर्शनमा आएको हो । भारतमा हिन्दी भाषामा ‘प्रेम गीत–३’ रिलिज भएको हो ।

भारतका थिएटरमा नेपाली सिनेमा हिन्दीमा डबिङ भएर रिलिज भएको यो नै पहिलो चलचित्र हो ।

‘प्रेम गीत–३’ विश्वभरका १२ सय थिएटरमा आज रिलिज भएको निर्माण पक्षले दाबी गरेको छ् । यसले आज पहिलो दिन वर्ल्डवाइड ५ करोडभन्दा माथिको ओपनिङ गर्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतमा ५ सयभन्दा धेरै हलमा रिलिज भएको निर्माण पक्षको दाबी छ ।

‘प्रेम गीत–३’को हिन्दी संस्करण भने नेपालमा सोमबारबाट मात्रै लाग्ने भएको छ ।

सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का र कृष्टिना गुरुङ मुख्य भूमिकामा छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१