अभिनेता बुद्धि तामाङले गरे अनु थिङसँग विवाह

काठमाडाैं । अभिनेता बुद्धि तामाङले विवाह गरेका छन् । उनले मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गरेका हुन् ।

उनीहरूको आज तामाङ परम्पराअनुसार विवाह भएको हो । कौशलटारको एक पार्टी प्यालेसमा उनीहरूको विवाह समारोह चलिरहेको छ।

उनीहरूको विवाहमा नजिकका आफन्त र केही कलाकारहरू उपस्थित छन् । केदार घिमिरे ‘माग्ने बुढा’, अनुप बराल, अशोक शर्मा, विजय बराललगायत कलाकार विवाहमा उपस्थित छन् ।

अनुसँग उनको मागी विवाह भएकाे हो । ३० वर्षीया अनु स्नातक अध्ययनरत छिन् ।

अभिनेता बुद्धिले ‘साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोलेलगायत थुप्रै फिल्म अभिनय गरिसकेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१