• २०८३ असार ३
  • 2026 June 17, Wednesday

अरिङ्गाल बन्नुस्, एमालेविरुद्ध प्रचार गर्नेलाई ध्वस्त पार्नुस् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम फैलाउनेहरुमाथि अरिङ्गाल भएर खनिन निर्देशन दिएका छन् ।

शुक्रबार युवा संघको कार्यक्रममा ओलीले कार्यकर्तालाई यस्ताे निर्देशन दिएका हुन् ।

ओलीले भने, ‘हाम्रा विरुद्ध सञ्चारमाध्यमहरु झुसे बारुलो भएर खनिन हुने, हामी चाहिँ अरिङ्गाल हुन नहुने ? हाम्राविरुद्ध भ्रम फिजाउने, प्रचारबाजी गर्नेहरुलाई अरिङ्गाल भएर ध्वस्त पार्नपर्छ ।’

यसअघि आफूले अरिङ्गाल झैं प्रतिकार गर्नु भन्दा अरिङ्गाल लगाउने भनेर कुप्रचार गरिएको भन्दै ओलीले भने, ‘हो हामीमाथिको आक्रमणविरुद्ध अरिङ्गाल नै लगाउने हो ।’