• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

युक्रेनका चार शहरमा जनमत संग्रह जारी

काठमाडौं । रुसले आफ्नो कब्जामा रहेका युक्रेनका चार शहरहरुमा जनमत संग्रह सुरु गरेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती शहरहरुलाई स्वतन्त्र भएको घोषणा गर्ने र पछि रुसमै गाभ्ने प्रयोजनका लागि जबरजस्ती जनमत सर्वेक्षण गराउन लागेको युक्रेनी अधिकारीको दाबी छ।

उनीहरुले सर्वेक्षणमा पृथकतावादीहरुले मात्र भाग लिइरहेको बताएका छन्। अमेरिकासहित पश्चिमा देशहरुले यो सर्वेक्षण अवैध भएको जिकिर गरेका छन्। रुसले लुहान्स्क, दोनेत्स्क, खेरसान तथा जपोरिजिया लगायतका क्षेत्रमा जनमत सर्वेक्षण सुरु गरेको हो।

रुसले यी क्षेत्रलाई स्वतन्त्र हुन चाहेको पुष्टि गराउन अवैध रुपमा जनमत सर्वेक्षण गराएको युक्रेनले दाबी गरेको छ। ​ युक्रेनी पृथकतावादी नेता दानिश पुलिसिनले रुसले गर्न लागेको सर्वेक्षणलाई ऐतिहासिक कोसेढुंगा भनेका छन्।