युक्रेनमा ‘जनमत संग्रह’: भोटका लागि घर–घरमा सेना

युक्रेन । रुसमा सामेल हुनको लागि स्व–शैलीको ‘जनमत संग्रह’को लागि भोट संकलन गर्न देशका कब्जा गरिएका भागहरूमा सशस्त्र सेना घर–घर गएको युक्रेनीहरुले बताएका छन् ।

‘तपाईले मौखिक जवाफ दिनुपर्छ र सिपाहीले पानामा जवाफ चिन्ह लगाउँछ र राख्छन्’, एनरहोडरकी एक महिलाले बीबीसीसँग भनेकी छन् ।

दक्षिणी खेरसनमा रुसी सुरक्षाकर्मीहरू जनताको मत संकलन गर्न शहरको बीचमा मतपेटिका लिएर उभिएका बताइएको छ । घर–घरमा मतदान ‘सुरक्षा’ का लागि भएको रुसी सञ्चार माध्यमहरुले प्रचार गरेका छन् ।

विज्ञहरूका अनुसार पाँच दिनसम्म चल्ने स्वघोषित जनमतसंग्रहले रुसलाई युक्रेनका चार ओगटेका वा आंशिक रूपमा कब्जा गरिएका क्षेत्रहरू गैरकानूनी रूपमा आफ्नो दाबी गर्न अनुमति दिनेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जनमतसंग्रहको निन्दा गरेका छन् ।

रुसीले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरी बल प्रयोग गरेर युक्रेनको भागहरू गाभ्ने प्रयास गर्ने ‘झुटो बहाना’ भएको उनकाे भनाइ छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७