
काठमाडौं । देशभर फैलिएको डेंगीका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगी फैलिएको र हालसम्म २२ हजार ९८८ जनालाई डेंगी भएको छ ।
नेपालमा पहिलो पटक २०६१ मा डेंगीका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढ्दो क्रममा रहेको डेंगीले यो वर्ष महामारीकाे रुप लिएको छ ।
मन्त्रालयका अनुसार सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगी भएको छ ।
लुम्बिनी प्रदेशका २ हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशका ७७७, प्रदेश १ का ५९१, गण्डकीका ५१५, मधेश प्रदेशका ३२३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगी भएको छ ।