काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २३.८३ अंकले घटेर १८१५.१३३ अंकमा बन्द भएको छ ।
आइतबार सेयर बजार परिसूचक नेप्से २२ महिना यताकै न्यून बिन्दुमा झरेको हाे ।
आइतबार नेप्सेसहित सबै उपसूचकमा गिरावट भएको छ । जसमध्ये लगानी उपसूचक सर्वाधिक २.८२ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक सबैभन्दा धेरै २.५७ प्रतिशत र हाइड्रोपावर उपसूचक २.५४ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेमा गिरावट भए पनि आइतबार कारोबार रकम भने बढेर १ अर्ब नाघेको छ । गत बिहिबार ६५ करोडमा सीमित कारोबार रकम आइतबार बढेको हो ।
आइतबार नेप्सेमा १ अर्ब ७ करोड २४ लाख ८० हजारको कारोबार भएको छ ।
आइतबार नेप्सेमा १८८ कम्पनीको सेयर कारोबार भएकोमा १७४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, १२ कम्पनीको सेयर मूल्य गिरावट हुँदा १२ कम्पनीको मात्रै बढेको छ ।
नेप्सेमा सूचिकृत भएर आइतबारबाट कारोबार सुरु भएको अभियान लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै, नबिल इक्विटी फण्डको इकाइमूल्य २.९४ प्रतिशत र लक्ष्मी बैंकको सेयर मूल्य २.६६ प्रतिशतले बढेको छ ।
यता तेह्रथुम पावरको सेयर मूल्य ७.९० प्रतिशतले गिरावट हुँदा कुमारी धनवृद्धि योजनाको इकाइ मूल्य ७ प्रतिशतले गिरावट भएको छ ।