‘प्रेमगीत ३’ले कति कमायाे ?

काठमाडाैं । नेपाल र भारत सहित विश्वका विभिन्न देशबाट एकसाथ प्रदर्शन भएको ‘प्रेमगीत ३’ले प्रदर्शनको तेस्रो दिनसम्म आक्रामक व्यापार गरेको छ ।

नेपाली तथा हिन्दी भाषामा डब गरिएको यो फिल्मको अहिले विश्व बजारमा चर्चा भइरहेको छ। विशेष गरेर भारतीय बक्स अफिसमा राम्रो चर्चा कमाएको ‘प्रेमगीत ३’ले त्यहाँ कलेक्सन पनि राम्रो गरिरहेको छ ।

विभिन्न विवादका माझ प्रदर्शनमा आएको फिल्मले नेपालमा पनि दर्शकको राम्रो साथ पाएको छ। औसत समीक्षा पाए पनि फिल्मले व्यापार भने राम्रो गरिरहेको छ। फिल्मका अभिनेता प्रदीप खड्काले विश्व बजारमा आफ्नो फिल्मले राम्रो व्यापार गरिरहेको उल्लेख गरेका छन्।

उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको आँकड अनुसार यो फिल्मले प्रदर्शनको दुई दिनमा विश्व बजारबाट ८ करोड ७९ लाख रुपैयाँ ग्रस कलेक्सन भएको छ। एनले शनिबार र शुक्रबार मात्रै फिल्मले उक्त रकम कमाएको उल्लेख गरेका छन्।

शुक्रबार मात्रै यो फिल्मले ४ करोड ८४ लाख रुपैयाँ बराबरको व्यवसाय प्रदीपले सञ्जालमा उल्लेख गरेका छन्। शनिबार भने यो फिल्मले ३ करोड ८५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो ।

भारतीय बक्स अफिसमा शुक्रबार १ करोड १२ लाख भारु ग्रस कलेक्सन गरेको फिल्मले शनिबार ८३ लाख भारु कमाएको उल्लेख गरिएको छ। नेपालमा मात्रै ‘प्रेमगीत ३’को नेपाली संस्करणले ४ करोड माथि ग्रस कलेक्सन गरेको प्रदीपको दाबी छ।

नेपाल र भारत बाहेक विश्वका अन्य मुलुकमा फिल्मले दुई दिनमा २ करोड ८० लाख रुपैयाँ कमाएको निर्माण टिमले जनाएको छ । निर्माण टिमको दाबी बाहेक फिल्मको आम्दानीलाई लिएर फरक फरक आँकडा सार्वजनिक भैरहेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१