• २०८३ असार ३
  • 2026 June 17, Wednesday

रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने

काठमाडाैं । विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन् ।

राप्रपाले उनलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन लागेको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्रसहित केही नेताहरू राप्रपामा आउन बुधबार कार्यक्रम राखिएको जानकारी दिए ।

मिश्रले गत वैशाखको स्थानीय चुनावपछि विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएका थिए । उनले सोमबार बेलुकी पार्टीको साधारण सदस्यबाटसमेत राजीनामा दिएका थिए ।

मिश्रले विवेकशील साझाका केही नेताहरूलाई पनि राप्रपामा प्रवेश गराउने तयारी गरिरहेका छन् ।