सुनचाँदीकाे मूल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

महासंघले बुधबार सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जानकारी दिएको हो ।

जसअनुसार, बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ९०० रुपैयाँ छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ थियो ।

यसैगरी, बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । मंगलबार तोलामा ११ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार ११ सय ५० रुपैयाँ छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१