
भारत । साउथ सुपरस्टार प्रभास र बलिउड अभिनेत्री कृति सेननको बहुप्रतिक्षित फिल्म आदिपुरुषको टिजर रिलिजको मिति सार्वजनिक भएको छ ।
यो फिल्मको टिजर उत्तर प्रदेशको अयोध्यामा रिलिज हुनेछ । भारतीय सञ्चार माध्यमहरुका अनुसार अक्टोबर २ मा फिल्मको टिजर रिलिजका लागि फिल्मका कलाकारहरु अयोध्यामा उपस्थित हुनेछन् ।
अयोध्या आदिपुरुषको प्रेरणास्थान भगवान रामको जन्मस्थल मानिन्छ । फिल्मको प्रमोशन अयोध्याबाट सुरु गर्दा शुभ हुने निर्माण पक्षको विश्वास छ ।
आदिपुरुष रामायणबाट प्रेरित पौराणिक फिल्म हो । फिल्ममा प्रभासले भगवान राम अर्थात् आदिपुरुषको भूमिका निर्वाह गरेका छन् । सैफ अली खान रावणको भूमिकामा देखिनेछन् । फिल्ममा सीताकाे भूमिकामा कृति सेनन छिन् ।
फिल्ममा देवदत्त नागेले हनुमान र सन्नी सिंहले लक्ष्मणको भूमिका निभाएका थिए । फिल्म आगामी वर्ष जनवरी १२ मा मकर संक्रान्तिको अवसरमा रिलिज हुने छ ।