• २०८३ असार ३
  • 2026 June 17, Wednesday

बैतडीमा नेपाली काङग्रेसले एक्लै चुनाव लड्ने

काठमाडौ । बैतडीमा नेपाली काङग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरेको छ । अगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा बैतडीमा गठबन्धनका तर्फबाट संघमा नेपाली कांग्रेसले टिकट नपाए मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको हो ।

सोमबार बसेको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधि सभाको टिकट कांग्रेसलाई नै दिनुपर्ने निष्कर्ष निकालेको हो । जिल्ला सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले जनमतका आधारमा संघीय सांसदको लागि गठबन्धन दलहरुका तर्फबाट नेपाली कांगे्रेसले टिकट पाउनु पर्ने र अन्यथा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको नेपाली कांग्रेसका जिल्ला सचिव देवराज जोशीले बताए ।

संघको टिकट कांग्रेसलाई नदिएमा बैतडीमा गठबन्धन नहुने र कांग्रेस एक्लै चुनावमा जाने जनाएको छ । संघमा नेपाली कांग्रेसलाई टिकट दिनुपर्ने निर्णयका बारेमा नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति र गठबन्धन कार्यदलमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई जानकारी गराइएको छ ।

प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसले टिकट नपाएमा गठबन्धन दलहरुसंग मित्रवत प्रतिस्पर्धा गर्ने निर्णयका बिषयमा पनि जानकारी गराइएको छ ।