• २०८३ असार ३
  • 2026 June 17, Wednesday

निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने

काठमाडौं । भोलिदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।

निर्वाचन आयोगले भोलि असोज १२ गते बुधवारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

आयोगले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको पनि जनाएको छ ।