सिसन र श्रृंखलाले गरे एकअर्कालाई अनफलो, भएकै हो त ब्रेकअप ?

काठमाडाैं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँ केही वर्षदेखि प्रेम सम्बन्धमा रहेकाे चर्चा बेला बेलामा भइरहने गरेकाे छ ।

केही महिनाअघिसम्म उनीहरु घुमघाम गरिरहेकाे तस्बिरहरु सामाजिक सञ्जालमा देखिने गरेका थिए ।

श्रृंखलालाई भेट्न सिसन अमेरिकामा पुगेका थिए । न्यू मेक्सिको राज्यको एक गुफामा घुमेको तस्वीर पनि पोस्ट गरेका थिए ।

तर अब याे जाेडीकाे सम्बन्ध यतिबेला बिग्रेकाे हल्ला सामाजिक सञ्जालमा चल्न थालेकाे छ । यी दुईले इन्स्टाग्राममा एकले अर्कोलाई अनफलो गरेका छन् ।

अनफलोले यी दुईबीच ब्रेकअप भएकै हो भन्ने अनुमान गर्न थालिएकाे छ । तर, सम्बन्धमा केही मोड आएको भन्ने गसिप पनि चलिरहेकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१