काठमाडौँ । सत्ता गठबन्धनले प्रतिनिधि सभातर्फको १ सय ६० सिटमा सहमति जुटाएको छ । सहमति अनुसार एउटा प्रतिनिधि सभा क्षेत्र रहेको बैतडी माओवादीको भागमा परेको छ ।
गठबन्धनमा रहेको नेपाली काङग्रेसले भने बैतडी आफ्नो भागमा नपरे एक्लै चुनाव लड्ने निर्णय गरेको छ । गत मगंलवार बसेको जिल्ला कार्यसमिति बैठकले बैतडीमा प्रतिनिधि सभाको लागि गठबन्धनमा आफूले टिकट पाउनु पर्ने दाबी गर्दै अन्यथा एक्लै चुनाव लड्ने निर्णय गरेको थियो ।
यस्तै माओवादीले सुदूरपश्चिममा अछाम–१, कैलाली–२, कैलाली–३ र कंचनपुर–१ लिने भएको छ ।