• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

सुकीलाई थप तीन वर्ष जेल, सबै मुद्दा प्रमाणित भए २०० वर्ष जेलमा बिताउनु पर्ने

काठमाडौं  । म्यानमार सैन्य शासक प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीप्रति झन् कठोर बनेको छ।

देशद्रोहको आरोपसहित विभिन्न १२ मुद्दा लगाएर २० वर्षको जेल जीवन बिताताइरहेकी उनलाई थप तीन वर्षको जेल सजाय तोकिएको छ। यी सबै १२ मुद्दा प्रमाणित भए उनले २०० वर्ष जेल बस्नुपर्ने छ। उनको मुद्दा सैन्य साशकको बन्द कोठामा चलिरहेको छ। उनलाई अफिसियल सिक्रेट एक्ट उल्लंघन गरेको आरोप लगाउँदै थप तीन वर्षको जेल सजाय सुनाइएको हो।

प्रजातन्त्रवादी नेताहरुले भने म्यानमारको सैन्य सरकार भने सूकीको राजनीति भविष्य नै समाप्त पार्न लागिपरिरहेको बताउँदै आएका छन्। उनी नोबल शान्ति पुरस्कार विजेता पनि हुन्।

साथै सूकीका आर्थिक सल्लाहकार र अस्ट्रेलियाका एक प्राध्यापक सीन टरनेललाई पनि तीन वर्षको सजाय सुनाइएको बीबीसीले जनाएको छ। टरनेललाई फेब्रुअरी २०२१ मा याङ्गुनमा हिरासतमा राखिएको थियो।

दुवै मुद्दाको सुनुवाइ बन्द सैन्य कोर्टमा भएको छ, जसमा मिडियालाई प्रतिबन्ध लगाइएको छ। अष्ट्रेलियाको सरकार म्यानमारको सैन्य सरकारसँग सिन टरनेललाई रिहा गर्नका लागि लगातार अपिल गरिरहेको छ।

अष्ट्रेलियाली अधिकारी तथा सिन टरनेल दुबैले म्यानमारको सुरक्षा कानुनको उल्लंघनको आरोप अस्वीकार गर्दै आएका छन्।

म्यानमारमा सन् २०२१ फेब्रुअरी १ मा त्यहाँको सेनाले ‘कू’ गरेको थियो।