• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

मेक्सिकोमा बन्दुकधारीको आक्रमणबाट मेयरसहित १८ जनाको मृत्यु

काठमाडौं  । मेक्सिकोको दक्षिणपश्चिममा बन्दुकधारीको आक्रमणमा सान मिगुएल टोटोलापेन सहरका मेयर कोनरेडो मिगुएल अल्मेडासहित १८ जनाको मृत्यु भएको छ।

मेयर अल्मेडाका बुबा तथा पूर्व मेयर क्वान मेन्डोजा एकोस्टाको पनि गोली प्रहारमा मृत्यु भएको छ।

स्थानीय प्रहरीका अनुसार बुधबार दिउँसो २ बजेतिर बन्दुकधारीले नगरको टाउन हलमा प्रवेश गरी गोली चलाउँदा मेयरसहित काउन्सिल सदस्य र प्रहरी अधिकारीको मृत्यु भएको हो।

टाउन हलमा हमला गर्नु अघि मेयरका बुबालाई आक्रमणकारीहरूले उनको घरमा नै मारेका थिए।