• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

प्रतिनिधिसभातर्फ २४ सय ९४, प्रदेशसभातर्फ ३४ सय २३ उम्मेदवार

काठमाडाैं । मंसिर ४ गते हुन लागेको निर्वाचनमा प्रतिनिधिसभाको सदस्यका लागि २४ सय ९४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

आयाेगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार प्रतिनिधिसभा सदस्यका लागि २२ सय ६१ पुरुष र २३३ महिलाको उम्मेदवारी परेको हो ।

अर्कातिर प्रदेशसभातर्फ प्रतिनिधिसभाको भन्दा करिब १ हजार धेरै उम्मेदवारी दर्ता भएको पौडेलले बताएका छन् ।

उनका अनुसार प्रदेशसभा सदस्यका लागि जम्मा ३४ सय २३ जनाको उम्मेदवारी परेको छ ।

जसमा ३१ सय २७ पुरुष र २९५ महिला रहेका छन् । त्यस्तै पुरुष, महिलाबाहेक अन्य एकजनाको पनि प्रदेशसभामा उम्मेदवारी परेको छ ।