
काठमाडाैं । बलिउड अभिनेत्री भाग्यश्री नेपाल घुमेर मंगलबार अपरान्ह स्वदेश फर्किएकी छन् ।
दुईदिने नेपाल बसाइमा उनले पाटन दरबार स्क्वायर र पशुपतिनाथ मन्दिर भ्रमण गरिन् । नेपाल पर्यटन बोर्डको निम्तोमा आएकी उनलाई बोर्डले स्वागत तथा बिदाइ गरेकाे हाे ।
नेपाल पर्यटन बोर्डले अभिनेत्री भाग्यश्रीको नेपाल घुमघामबारे भिडियो सन्देश जारी गरेकाे छ ।
उक्त भिडिओमा उनले भनेकी छन् ‘दुई दिन घुम्दा मैले नेपाललाई निकै सुन्दर र शान्त पाएँ । म यहाँ रहँदा पाटन दरबार स्क्वायर घुमें, पशुपतिनाथ मन्दिरमा दर्शन गरें । अन्ततः मैले निकै शान्त महसुस गरें ।’
उनले नेपाल र नेपाली आफूलाई सुन्दर लागेको र पुनः बालबच्चा लिएर घुम्न आउने पनि बताएकी छन् ।