सुनकाे मूल्य बढ्दा चाँदीकाे घट्याे, यस्ताे छ आजकाे बजारभाउ

काठमाडाैं । अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ सय रुपैयाँले बढ्दै ९४ हजार २ सय रुपैयाँ पुगेको हो ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै बढ्दै ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने अघिल्लो दिनमा मूल्यमा १५ रुपैयाँले घट्दै प्रतितोला एक हजार २ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१