थपिए ४८ नयाँ संक्रमित,५० जना कोरोनामुक्त

काठमाडौं  । देशभर पछिल्लो समय १७ सय ८३ जनामा कोरोना परीक्षण गर्दा थप ४८ जनामा थप संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा ५० जना कोरोना मुक्त भएका छन।

मन्त्रालयले हाल ७ सय २८ जना सक्रिय संक्रमित रहेको जनाएको छ। यो अवधिमा २१ हजार ४२५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन्। कोरोना संक्रमणकै कारण हाल १२ हजार १८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७