• २०८३ साउन ७
  • 2026 July 23, Thursday

चीनले दश वर्षमा गरेको विकास र प्रगतिको प्रदर्शनी

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको अवसरमा आज ललिलपुरको पाटन दरबार स्क्वायरमा फोटो प्रदर्शनी गरिएको छ।

फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालको आयोजनामा बिहीबार बिहान छिमेकी मुलुक चीनले विगत दश वर्षयता गरेको पूर्वाधार विकास र प्रगतिको फोटो प्रदर्शनी गरिएको हो।

बिहान ८ बजेदेखि सुरु भएको सो प्रदर्शनीको पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, चिनियाँ प्रतिनिधिलगायतले अवलोकन गरे।

‘चीनको असाधारण दशक’ शीर्षकमा चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको अवसरमा गरिएको सो फोटो मेलामा राष्ट्रपति सी जिन पिनको

नेतृत्वमा चीनले विगत दश वर्षको अवधिमा विभिन्न क्षेत्रमा गरेको विकास र प्रगतिको प्रदर्शन गरिएको हो।