• २०८३ असार ४
  • 2026 June 18, Thursday

कारबाहीमा पर्ने भए माधव नेपाल, कारबाही गर्न प्रहरीलाई निर्वाचन आयोगको निर्देशन (पत्रसहित)

  • २०७९ कात्तिक ३, बिहीबार ०९:०५

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कारबाही हुने भएको छ । रौटहट १ का उम्मेदवाररहेका नेपाललाई निर्वाचन प्रभाव पार्ने कसूर गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन निर्वाचन आयोगले प्रहरीलाई आग्रह गरेको छ ।

आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो ।

उक्त दफामा निर्वाचन कसुर गरेको आरोप लागेका व्यक्तिलाई कारबाही गर्न पक्राउसमेत गर्न सक्ने विषय उल्लेख छ ।

  • २०७९ कात्तिक ३, बिहीबार ०९:०५