• २०८३ असार ४
  • 2026 June 18, Thursday

गठबन्धन देशको आवश्यकताले बनेको हो : शिक्षामन्त्री पौडेल

  • २०७९ कात्तिक ४, शुक्रबार ०५:५३

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गठबन्धन रहरले नभई देशको आवश्यकताले बनेको बताएका छन्।

बागलुङको ताराखोला गाउँपालिकामा बिहीबार चुनावी सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले संविधानका उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको धारणा राखे।

‘संविधान र लोकतन्त्रको रक्षाका लागि दलहरूबीच सहकार्य भएको हो,’ मन्त्री पौडेलले भने, ‘प्राप्त उपलब्धि जोगाउने र थप हकअधिकारको सुनिश्चितताका लागि संघर्ष गर्दै जानुपर्ने दायित्व हाम्रासामु छ।’

सत्ता गठबन्धनबाट बागलुङ–२ बाट उम्मेदवार बनेका मन्त्री पौडेलले समावेशी, समानुपातिक पहुँच र प्रतिनिधित्वसहितको संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ र संस्थागत गर्न आवश्यक रहेको बताए।

जनताद्वारा निर्वाचित प्रतिनिधिले नै विगतमा दुई/दुई पटक संसद भंग गरेको दृष्टान्त सुनाउँदै उनले त्यस्तो प्रवृत्तिले देशलाई अहित गर्ने बताए।

  • २०७९ कात्तिक ४, शुक्रबार ०५:५३