• २०८३ असार ४
  • 2026 June 18, Thursday

सांसद बन्ने मौका दिन सर्वेन्द्र खनालको आग्रह

  • २०७९ कात्तिक ४, शुक्रबार ०७:२४

काठमाडौं ।  नेकपा एमालेको तर्फबाट काठमाडौं ६ का प्रतिनिधिसभा उम्मेदवार सर्वेन्द्र खनालले काठमाडौं-६ नमुना बनाउने बताएका छन्। शुक्रबार बिहान वडा-२६ मा भएको मतदातासँग अन्तरक्रिया कार्यक्रममा उनले आफूले चुनाव जितेपछि जनताको शिर झुक्न नदिने बताए ।

‘यत्तिका समय प्रहरीमा रहेर देश र जनताको सेवा गरे, अब तपाईहरूको प्रतिनिधि भएर सेवा गर्ने मौका दिनुहोस्। प्रतिनिधिसभामा तपाईंहरूको शिर उचो बनाउने छु, यहाँका समस्या समाधानको लागि सार्थक पहल गर्नेछु’, खनालले भने।

कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार निरेश सिंहले एमालेले जनतालाई सदैव माथी राखेको र काठमाडौंको विकास केपी शर्मा ओली नेतृत्वको सरकारले उचाइमा पुर्‍याएको बताएका छन्।

  • २०७९ कात्तिक ४, शुक्रबार ०७:२४