• २०८३ असार ४
  • 2026 June 18, Thursday

रामचन्द्र पौडेलले भने : गठबन्धनका उम्मेदवारलाई जिताउनुहोस्

  • २०७९ कात्तिक ५, शनिबार ०७:१९

विराटनगर  । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीगत उम्मेदवारभन्दा पनि गठबन्धनको उम्मेदवार भनेर हेर्न आग्रह गरेका छन्।

विराटनगरमा आज आयोजित लोकतान्त्रिक वाम गठबन्धन संयुक्त भेलालाई सम्बोधन गर्दै उनले भने, ‘राष्ट्रको आवश्यकता साझाको दायित्व भएर चुनावमा उभिनुपर्ने देशमा बहेको अफवाहलाई चिन्नुपर्ने बेला आएको छ।’

देशमा २०३४ सम्म के भएको थियो? भनेर प्रश्न गर्दै उनले आज देशलाई सार्वभौमसत्ता सम्पन्न गरेको त्यस्ता बहुदल आएपछि गाउँमा बाटो शिक्षा संचार पुगेको तथा सारा परिवर्तन बहुदल आएपछि भएको कुरा सम्झाए।

वरिष्ठ नेता पौडेलले ०४८ को मान्छे र अहिलेको मान्छेको अनुहारमा फरकपन खोज्न अनुरोध गरे। राणाका पालमा कोतपर्व र भण्डारखाल पर्व भएका तर लोकतन्त्र आएपछि केही नभएको भन्नेहरुलाई यस्तो अवस्था नरहेको बताए।

नेता पौडेलले अब पनि गठबन्धनले सरकार चलाउन पाएमा नेपाली जनताले विदेशिन नपर्ने स्वदेशमा रोजगारी पाइने बताए।

पार्टी भित्रको खिचातानीले टिकटमा केही अन्याय भएको भए पनि सबै अप्ठ्याराहरूलाई भुलेर गठबन्धनलाई मतदान गर्न पनि उनले आग्रह गरे।

  • २०७९ कात्तिक ५, शनिबार ०७:१९