• २०८३ असार ४
  • 2026 June 18, Thursday

विराटनगरबाट देउवाको आग्रह : हँसिया हथौडा र कलममा भोट हाल्न गाह्रो नमान्नुस्

  • २०७९ कात्तिक ५, शनिबार ०७:५७

विराटनगर  । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन देश विकास र संविधानको रक्षाका निम्ति भएको बताएका छन्।

विराटनगरमा आयोजित वाम लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलामा सम्बोधन गर्दै देउवाले आफ्ना मतदाताहरूलाई रूख चिन्ह नभएका ठाउँमा हँसिया हथौडा र कलममा भोट हाल्न अनुरोध गरे।

उनले अगाडि भने, ‘ म आफूले त हँसिया हथौडामा भोट हालिसकेको छु। तपाईंहरू पनि रूख नभएका ठाउँमा हँसिया हथौडामा भोट हाल्न गाह्रो नमान्नुहोला। उनले रुख भएको ठाउँमा रुखमा नभएको ठाउमा हँसिया हथौड़ा कलममा भोट हालेर गठबन्धनका उम्मेदवारहरूलाई जिताउनसमेत आग्रह गरे।

सभापति देउवाले अहिलेको आफूहरूको गठबन्धन जनताको हितका लागि गरिएको दाबी गरे। लोकतन्त्र र गणतन्त्रलाई रक्षा गर्न गठबन्धनलाई भोट दिन पनि उनले आग्रह गरे।

  • २०७९ कात्तिक ५, शनिबार ०७:५७