• २०८३ असार १४
  • 2026 June 28, Sunday

पार्टीको केन्द्रीय समितिमा परेनन् चिनियाँ प्रधानमन्त्री ली खछ्याङ

काठमाडौँ । चिनियाँ प्रधानमन्त्री ली खछ्याङ चिनियाँ कम्युनिष्ट पार्टीको ​ले पार्टीको केन्द्रीय समितिबाट बाहिरिएका छन्।

चिनियाँ प्रधानमन्त्री खछ्याङसहित सत्तारुढ कम्युनिष्ट पार्टीको पोलिटब्युरो स्थायी समितिका अन्य तीन सदस्य शनिबार नवनिर्वाचित केन्द्रीय समितिमा परेनन्।

बेइजिङमा हरेक पाँच वर्षमा हुने पार्टी महाधिवेशनमा दुई हजार भन्दा बढी प्रतिनिधिहरूले २०५ सदस्यीय केन्द्रीय समितिका साथै १७१ वैकल्पिक सदस्यहरू चयन गरेका हुन्।

हालको सात सदस्यीय स्थायी समितिका सदस्य ६७ वर्षीय ली केकियाङ, ७२ वर्षीय ली झान्सु, ६७ वर्षीय वाङ याङ र ६८ वर्षीय हान झेङलाई नयाँ केन्द्रीय समितिमा राखिएको छैन।

साथै चिनियाँ केन्द्रीय बैंकका गभर्नर ६४ वर्षीय यी ग्याङ र बैंकिङ तथा बीमा नियामकका अध्यक्ष ६६ वर्षीय गुओ सुकिङलाई पनि हटाइएको छ । चीनका आर्थिक जार ७० वर्षीय उपप्रधानमन्त्री लिउ हेलाई पनि नयाँ केन्द्रीय समितिबाट बाहिर राखिएको छ ।

केन्द्रीय कमिटीले पोलिटब्युरो र स्थायी कमिटीको गठन हुनेछ । केन्द्रीय कमिटीको पहिलो बैठक आइतबार बस्ने छ ।