रुसले युक्रेनका ऊर्जा संरचनामा आक्रमण गरेपछि किभमा लोडशेडिङ

किभ । रुसले युक्रेनका विभिन्न शहरमा रहेका ऊर्जा संरचनाहरूमा क्षेप्यास्त्र आक्रमण गरेपछि अहिले त्यहाँ विद्युत् आपूर्तिको संकट आएको छ ।

संकटका कारण युक्रेनको राजधानी किभमा विद्युत् आपूर्ति स्थिर बनाउन लोडशेडिङ गर्न थालिएको छ ।

युक्रेनी अधिकारीहरूले जनतालाई किफायती रूपमा विद्युतीय सेवा उपयोग गर्नका लागि आग्रह गरेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७