मोगादिसुमा आत्मघाती आक्रमण : १५ जनाको मृत्यु

साेमालियाकाे राजधानी मोगादिसुको दक्षिणी भागमा रहेको सैन्य प्रशिक्षण शिविरको प्रवेशद्वारमा शनिबार साँझ भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएकाे छ ।

हताहत हुनेहरूमा सर्वसाधारण र नयाँ भर्ती भएकाहरु रहेका गारोवे न्यूज पोर्टलले एक सैन्य अधिकारीलाई उद्धृत गर्दै जानकारी दिएको छ ।

आक्रमणमा परी धेरै मानिसहरू घाइते भएका जनाइएको छ । इस्लामिक लडाकू समूह अल–शबाबले यस आक्रमणको जिम्मेवारी लिएको छ ।

इस्लामवादी लडाकू समूह अल–शबाबले आक्रमणको जिम्मेवारी लिएका अन्य स्थानीय सञ्चार माध्यमले पनि जानकारी दिएको छ ।

सोमालियाको हिरान क्षेत्रको एउटा गाउँमा गत बिहीबार साँझ सरकार समर्थक मिलिशियाले समर्थन गरेको सोमाली राष्ट्रिय सेनाले एक सय भन्दा बढी अल–शबाब लडाकूहरुलाई मारेको जनाइएको छ ।

एक हप्ताअघि मोगादिसुमा सोमालियाको शिक्षा मन्त्रालयको भवनलक्षित गरी दुईवटा कार बम विष्फोटमा कम्तीमा एक सय जनाको मृत्यु हुनुका साथै तीन सय भन्दा बढी घाइते भएका थिए ।

अल–शबाबले सोमालियाको केन्द्रीय सरकारलाई ध्वस्त पार्न र इस्लामिक कानूनको कडा व्याख्याको आधारमा आफ्नै शासन स्थापना गर्न एक दशकभन्दा बढी समयदेखि लडिरहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७