सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशीको पानी धरान ल्याउने बताएका छन् ।
शुक्रबार धरानमा आयोजित चुनावी सभामा ओलीले कोशीको पानी पम्पिङ गरेर धरान ल्याउने बताएका हुन् । ओलीले भने, ‘यहाँका मेयरलाई खानेपानी ले, खानेपानी ले भनेर कतिवटा घैला बोकुन विचरा ? कसको घरमा खानेपानी पुर्याउने ?’
उनले धरानमा खानेपानी ल्याउन राष्ट्रिय बजेट र नेकपा एमालेको सरकार चाहिने बताए । ‘कोशीबाट पम्पिङ गरेर पानी ल्याएर एमालेले धरानवासीलाई खुवाउँछ, तपाईंहरू ढुक्क हुनुस्,’ ओलीले भने ।