
काठमाडौं । चर्चित अभिनेत्री करिष्मा मानन्धर नेकपा (एमाले) वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भोट माग्न व्यस्त छिन् । करिष्मा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पोखरेलको चुनावी अभियानमा साथ दिइरहेकी छन् ।
उनी आइतबार बिहान काठमाडौं महानगरपालिका–३ बसुन्धारामा पोखरेलको घरदैलोमा सहभागी भएका थिइन् ।
आफू पनि काठमाडौं क्षेत्र नम्बर ५ को स्थायी बासिन्दा भएको बताउँदै अभिनेत्री मानन्धरले पोखरेलले यस क्षेत्रको विकासका लागि धेरै काम गरेको र जनताको माझमा भिजेको बताइन् । काठमाडौं क्षेत्र नम्बर ५ मा पोखरेलको विकल्प नभएको उनले बताइन् ।
देश विकासको लक्ष्य लिएर अगाडि बढेको एक मात्र पार्टी एमाले रहेको भन्दै अभिनेत्री मानन्धरले एमालेले जिते मात्रै देशले काँचुली फेर्न सम्भव रहेको प्रतिक्रिया दिइन् ।
काठमाडौं क्षेत्र नम्बर ५ को प्रतिनिधिसभामा पोखरेल तथा प्रदेशसभा ५ (१) मा नारायण सिलवाल र ५ (२) मा दीपक निरौला उम्मेदवार छन् ।